गौर जमेको पानीमा डुबेर तीन बालिकाको मृत्यु

समाचार

राकेश यादव, रौतहट । जिल्लाको सदरमुकाम गौर नेपाल–भारत सीमा क्षेत्रमा जमेको बाढीको पानीमा डुबेर सोमबार बिहान ३ जना बालिकाको मृत्यु भएको छ ।

गौर नगरपालिका वार्ड नम्बर १ स्थित सडक खण्डमा जमेको बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका वार्ड नम्बर ०८ लक्ष्मीपुर टोलका तिन जना बालिकाको ज्यान गएको हो ।

असोज १७ र १८ गते परेको अविरल वर्षाको कारण आएको बाढीले डुवानमा परेको क्षेत्रमा अहिले सम्म पानी नै पानी रहेको छ। भारतीय बांधमा लगाइएको सुलिस गेट भारतीय पक्षले नखोलेको कारण सो क्षेत्र जलमग्न रहेको अवस्थामा मानवीय क्षति भएको हो।

घाँस काट्न गौर तर्फ आउने क्रममा बाटोमा बाढीको पानी जमेको खाल्डोमा पानी तैरिने क्रममा खाल्डोमा परी ति बालिकाहरुको डुबेर बेपता भएकोमा खोज तलाश गर्ने क्रममा तिनै जना बालिकाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक राजु कार्कीले जानकारी दिएका छन्। ७ जनाको समुहमा रहेका बालिकाहरु घास काट्न हिडेकोमा पानिमा डुबेका मध्ये ४ जनाको सकुशल उदार गरिएको थियो भने तिन जना बेपत्ता भएका थिए ।

पानीमा डुबेर मृत्यु हुनेमा राजदेवी नगरपालिका–८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको रहेको र उनीहरुको शव पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल गैरमा राखिएको प्रहरीले जनाएको छ ।

उनीहरु संगै डुबेका मुस्कान कुमारी राम सकुशल रहेको १३ वर्षीय मुस्कान कुमारी, १० वर्षीय चन्द्रमुखी कुमारी राम, १५ वर्षीय सुनिता कुमारी बैठा र १० वर्षीय मुस्कान कुमारी बैठा सकुसल रहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ