काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी संघ नेपालले सुशिला कार्की नेतृत्वको सरकारले भूमी आयोग खारेज गर्ने निर्णयको विरोध गरेको छ । भूमिहीन सुकुम्बासी, दलित एवं अव्यवस्थित बसोबासीलाई भूमि उपलब्ध गराउनुको साटो भूमि आयोग नै खारेज गर्नु दुखद भएको संघले जनाएको छ ।
संघका अध्यक्ष कालबहादुर विकले विज्ञप्ति जारी गर्दै सरकारको यस्तो निर्णयको बिरुद्धमा भूमिहिन सुकुम्बासीहरुले सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
कार्की नेतृत्वको सरकार र बालेन शाहहरुले भूमिहीन सुकुम्बासी दलित र अव्यवस्थित बासोबासीलाई न्याय नदिने जस्तो क्रियाकलाप देखाइरहदा संघले त्यसको भत्र्सना गर्दै अब कडा आन्दोलनमा जाने चेतावनी संघका अध्यक्ष विकले दिएका छन् ।
वर्तमान सरकार विदेशीको इशारामा चलेको आरोप लगाउँदै उनले भूमिहीन सुकुम्बासीहरुको समस्या समाधान गर्न नचाहेको र जनता विरोधी सरकार आफूहरुलाई स्वीकार्य नभएको समेत उनले जनाएका छन् ।
कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, राप्रपा सहितका दलहरुले आफ्ना आसेपासेलाई पुर्जा वितरण गर्दै आएको तर वर्तमान सरकारले वास्तविक गरिब, सुकुम्बासीलाई पुर्जा वितरण गर्नुको साटो गरिब, सुकुम्बासीकै विरोधमा लाग्नु दुखद भएको उनले जनाएका छन् ।
तपाईको प्रतिक्रिया