राकेश यादव, रौतहट । जिल्लाको सदरमुकाम गौरबाट प्रहरीले पटाकासहित गाडी पक्राउ गरेको छ ।
सोमबार राती साढे सात बजेको समयमा भारतको बैरगनिया भारतीय नम्बरको किया गाडीमा लुकाएर नेपालमा ल्याउँदै गरेको अवस्थामा गौर भन्सार कार्यालय नजिक नेपाल प्रहरी र सशास्त्र प्रहरीको संयुक्त टोलीले पटाकासहित उक्त गाडी पक्राउ गरेको हो ।
नेपालतर्फ आउँदै गरेको बी आर ०६ सी डब्लु ४९६८ नम्बरको गाडी शंका लागेर चेकजाच गर्दा गाडी भित्र लुकाएर राखिएका विभिन्न किसिमका २९ हजार मुल्य बरावारको अबैध फटाखा फेला परे पछि गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरी निरिक्षक राम कुमार महतोका अनुसार भारत बाट अबैध रुपमा पटाका गाडीमा रहेको सूचना पाएपछि गाडी रोकेर चेकजाँच गरिएको थियो ।
पक्राउ परेको गाडीलाई २० लाख तथा बरामद भएको २९ हजार मुल्य बरावारको पटाका समेत कानुनी कार्यवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ।
पक्राउ परेका भारतीय नम्बर गाडी नेकपा एमालेका वर्गीय संगठन युवा संघ नेपालका केन्द्रीय सदस्य बजरंगी गुप्ताको भएको बुझिएको छ। सोमबार दिउँसो युवा संघको आयोजनामा मोटरसाइकल रैली आयोजना गरेर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएर बेलुका बैरगनिया गएका गुप्ता पटाका खरिद गरि आफ्नै गाडीमा लिएर नेपाल आउदै गरेको अवस्थामा प्रहरीले गाडी नियन्त्रणमा लिएका थिए।
गौर भन्सार कार्यालय सुरक्षा गार्ड कार्यालयका इन्चार्जले रातीको समयमा पक्राउ परेको गाडी भित्र भएको अबैध समान तल माथि गर्न सकिने शंका लागे पछि स्थानीय युवाहरुको एक समुहले रातभरि निगरानी समेत गरेका थिए।
युवाहरुका अनुसार गाडीमा ४ जना बसेको र असई ले गाडी कार्यालय परिसरमा पार्किंग गराएर उनिहरुलाई बाहिर निकालेर भगाएको आरोप समेत लगाएका छन्।
गाडीको चालक र फटाखा खरिद्ने व्यक्तिलाई समेत पक्राउ गरि कानुनी कार्यवाही गर्नु पर्ने माग समेत गरेको छ।
तपाईको प्रतिक्रिया