जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

समाचार

बाँके । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

राप्तीसोनारी गाउँपालिका–२ मधुवा बस्ने २४ वर्षीय लक्ष्मण खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कचनापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ