रूपन्देही । ओमसतिया गाउँपालिका–४ बसन्तपुरस्थित सडकमा प्र.३–०१–००२२ च ३७१५ नम्बरको कारलाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
ठक्करबाट कार चालक मायादेवी गाउँपालिका–८ बस्ने ५५ वर्षीय राजु विश्वकर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले हाल फरार सवारी साधनको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया