बारा । जीतपुर सिमरा उपमहानगरपालिका–६ स्थित बकुलिया खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
सोही उपमहानगरपालिका–७ चौधरी टोल डेरा गरी बस्ने रामलाल माझीको छोरा ३ वर्षीय दिपक माझीको मंगलबार दिउँसो मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको नारायणी अस्पताल वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया