काठमाडौं । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको आक्रमणप्रति मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले चाँसो देखाएका छन् ।
घाइते भण्डारीलाई अस्पतालमा भेटेर मुख्यमन्त्री सोनलले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीलाई कारबाही गर्ने आश्वासन दिएका हुन् ।
प्रहरी टोलीको आक्रमणमा परी घाइते भएका भण्डारी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मुख्यमन्त्री सोनलले नेपाल प्रहरीका डीआइजीलाई फोन गरेर घटनाको सत्यतथ्य छानबिन गर्न निर्देशन समेत दिएका छन् ।
मुख्यमन्त्री सोनलले व्यापारी व्यवसायीमाथि आक्रमण हुनु र उनीहरुमा भयत्रासको वातावरण बनाउनु अत्यन्त दुःखद रहेको भन्दै यस्ता कार्यहरु अविलम्ब बन्द गर्न निर्देशन दिए ।
प्रहरीले लाठी चार्ज र अश्रु् ग्यास प्रहार गर्दा भण्डारीको टाउकोलगायत शरीरका विभिन्न अंगमा चोट लाग्दा भण्डारीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
प्रहरीले संजय पायल ज्वेलर्समा राखिएको चाँदीको गहना राजस्व छलेर ल्याएको भन्दै सोकेसबाट झिकेर बाहिर राख्दा आफूलगायत उद्योग वाणिज्य संघका पदाधिकारीहरुले प्रहरीका टोलीसंग चा“दीबारेमा छलफल गरिरहेकै बेलामा प्रहरीले व्यवसायीहरुको कथनलाई वेबास्ता गर्दै लाठी चार्जसँगै अश्रु ग्यास प्रहार गरेको थियो ।
तपाईको प्रतिक्रिया