काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनललाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्वागत तथा सम्मान गरेको छ ।
शनिबार लोसपाको केन्द्रीय कार्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुरले शुभकामना दिँदै प्रदेशवासीले सरकारको अनुभूति हुने गरी मुख्यमन्त्रीले काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा अध्यक्ष ठाकुरले लोकतान्त्रिक मूल्य र संघीयता सुदृढ बनाउन लोसपाको योगदान महत्त्वपूर्ण रहेको भन्दै पार्टीभित्रको एकता र सहकार्यलाई अझ सबल बनाउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री सोनलले प्राप्त सम्मानप्रति आभार व्यक्त गर्दै जनताको विश्वास र पार्टीको भरोसा जोगाउन पूर्ण समर्पणका साथ अघि बढ्ने प्रतिबद्धता जनाए। उनले मधेशको अधिकार, विकास र सामाजिक न्यायमा आधारित सुशासन स्थापनामा आफू निरन्तर सक्रिय रहने बताए ।
कार्यक्रमका अन्य वक्ताहरूले पनि सोनलको योगदान र मधेश आन्दोलनको ऐतिहासिक महत्वबारे विचार व्यक्त गर्दै पार्टी र प्रदेशको भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया