काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले मधेश प्रदेशमा सुशासन, पारदर्शिता र छिटोछरितो रुपमा जनताले अनुभूति हुने खालका कार्यहरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लोसपाको केन्दीय कार्यालयमा शनिबार आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेशमा सुशासन, पारदर्शिता र जनसेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
देशको बदलिँदो राजनीतिक परिस्थिति र संकटको घडीमा आफ्नो पार्टीलगायत विभिन्न सात राजनीतिक दलहरुले आफूप्रति गरेको विश्वासलाई दृढताका साथ पूरा गर्ने वाचासमेत मुख्यमन्त्री सोनलले गरे ।
मुख्यमन्त्री सोनलले आफूसँग सात राजनीतिक दलहरुको समर्थन रहेको बताउँदै ती सम्पूर्ण दलहरुप्रति आभार पनि प्रकट गरेका थिए ।
उनका अनुसार लोसपा, जसपा नेपाल, जनमत पाटी, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेपाल संघीय समाजवादी पार्टीको समर्थन रहेका छन् ।
तपाईको प्रतिक्रिया