महोत्तरी । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका वडा नं. २, अनैठा मा विपन्न तथा स्थानीय नागरिकहरूलाई लक्षित गरी बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
लायन्स क्लब अफ काठमाडौं मिथिला सिटी को आयोजना, महोत्तरी गाउँपालिका वडा नं. २ को समन्वय तथा जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर को प्राविधिक सहकार्यमा उक्त शिविर २०८२ कार्तिक ५ गते सञ्चालन भएको थियो।
शिविरमा स्थानीय जनताको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न विशेषज्ञ सेवाहरू निःशुल्क उपलब्ध गराइएको थियो।
जनकपुर न्यूरो हस्पिटलका विशेषज्ञ चिकित्सकहरूको टोलीले विशेष गरी नसा तथा स्नायु सम्बन्धी रोगहरूको जाँच र परामर्श प्रदान गरेको थियो। यसका साथै जनरल फिजिसियन, स्त्री तथा प्रसूति रोग, आखा जाच, दाँत परिक्षण, हाडजोर्नी लगायतका विशेषज्ञहरूले समेत सेवा दिएका थिए। शिविरमा रक्तचाप, सुगर (मधुमेह) जाँच, तथा अन्य सामान्य स्वास्थ्य परीक्षणहरू निःशुल्क गरिनुका साथै आवश्यक परेका बिरामीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो।
आयोजकका अनुसार शिविरमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म चलेको थियो र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका स्थानीय बासिन्दाहरूले शिविरबाट ठूलो राहत पाएको प्रतिक्रिया दिएका छन्।
शिविर उद्घाटन कार्यक्रममा बोल्दै लायन्स क्लब अफ काठमाडौं मिथिला सिटीका अध्यक्ष आनन्द कुमार मण्डलले समाज सेवा अन्तर्गत क्लबले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताएका छन् । उनले भने, “स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई घरदैलोमै विशेषज्ञ सेवा पु¥याउने उद्देश्यले यो शिविर आयोजना गरिएको हो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं।“
कार्यक्रममा महोत्तरी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष संजय यादवले लायन्स क्लब अफ काठमाडौं मिथिला सिटी र जनकपुर न्यूरो हस्पिटललाई धन्यवाद दिँदै यस्ता सामाजिक कार्यमा वडाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । जनकपुर न्यूरो हस्पिटल का प्रतिनिधिले बिरामीको रोग पहिचान र उपचारमा कुनै कमी नहोस् भनेर उच्चस्तरीय प्राविधिक टोली खटाएको जानकारी दिनुभयो। साथै छठ पर्वको शुभ अवसरमा दलित तथा विपन्न महिला हरुलाई साडी वितरण गरेका थिए ।
निःशुल्क स्वास्थ्य शिविरले स्थानीय नागरिकहरूमा स्वास्थ्य सचेतना फैलाउनुका साथै स्वास्थ्य समस्याको समयमै पहिचान गर्न महत्त्वपूर्ण सहयोग पु¥याएको छ।
तपाईको प्रतिक्रिया