सर्लाही । संयुक्त नागरिक पार्टी (सनापा) को मधेश प्रदेश भेला सोमबार सर्लाहीको बयलवासमा सम्पन्न भएकोे छ ।
पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीको प्रमुख आतिथ्यतामा भएको उक्त भेलाले नवीन साहलाई अध्यक्षमा चयन गर्दै १९ सदस्यीय प्रदेश समिति गठन गरेको छ ।
जसअनुसार उपाध्यक्षमा राम एक्वाल पण्डित, सचिवमा सुमन लामा, सहसचिवमा सुरेश परियार, कोषाध्यक्षमा लाल बाबु पंजियार, सहकोषाध्यक्षमा सुकमेल पर्वत, सदस्यहरुमा वद्री शाह, दिपेन्द्र माझी, गोविन्द पंजियार, शैलेन्द्र शाह, विरेन्द्र राम, लखिन्द्र राम, विनोद सहनी, आरती कुमारी पंजियार, सविना खत्री, विश्वनाथ महतो, सयम्भु यादव, रितिक मुना यादव र राजकुमार तामाङ रहेका छन् ।
त्यसैगरि सोही भेलाले मधेसका ८ वटै जिल्ला संयोजकहरु समेत तोकेको छ । जसअनुसार गोविन्द पंजियार सर्लाही,वद्री शाह महोत्तरी,सयम्भु यादव रौतहट,राम एक्वाल पंडित धनुषा,सुमन लामा बारा,लालबावु पंजियार सिराहा र लखिन्द्र राम सप्तरी रहेका छन् ।
यसैबीच संयुक्त नागरिक पार्टीको विचार, सिद्धान्त मन पराउँदै काँग्रेस, एमाले, मधेशवादी विभिन्न पार्टी परित्याग गरि तीन दर्जन नेता तथा कार्यकर्ता संयुक्त नागरिक पार्टीमा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् संयुक्त नागरिक पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीले खादा लगाएर स्वागत गर्दै प्रवेश गराए ।
यसरी पार्टी प्रवेश गर्नेहरुमा विजय चौधरी बारा, मनोज राम बारा, दिवाकर पासवान सर्लाही, किसनकुमार पासवान सर्लाही, मंगल पासवान सर्लाही, मिथलेस लेवी पासवान सर्लाही, गिरिजादेवी पासवान सर्लाही, सिकिलिया देवी पासवान सर्लाही, रविना पासवान सर्लाही, रम्भादेवी पासवान सर्लाही, शंकर पासवान सर्लाही, राजोदेवी पासवान, अक्ष्यलाल राम, लोक बहादुर सार्की, उर्मिला सार्की, मानजन राम, सुरेश राम, राधेश्याम पंडित, बालराम कार्की, दिपक सहनी, रामबाबु सहनी, उपेन्द्र कुमार राम, विपिन शाह, रामशरन पासवान, भिम बहादुर कार्की, विरेन्द्र राम, सिकिन्द्र शाह, भोला पासवान, पुकार माझी, रामचन्द्र शाह लगायत रहेका छन् ।
पार्टीका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश ईन्चार्ज डा. बलराम विश्वकर्मा (सैलेश) को अध्यक्षतामा सम्पन्न भेलालाई प्रमुख अतिथीका रुपमा पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीले सम्बोधन गरेका थिए ।
त्यस्तै सो कार्यक्रममा वरिष्ठ उपाध्यक्षद्वय डा.जीत घले तथा प्रेम बहादुर कार्की,महासचिव डा.तेज रोक्का, सहमहासचिव तथा पार्टी प्रवक्ता विदुर अधिकारी, केन्द्री सदस्य सुजन उपरकोटी अतिथीका रुपमा रहेका थिए भने कार्यक्रम संचालन नवीन साहले गरेका थिए ।
तपाईको प्रतिक्रिया