काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय संयोजक पदमा प्रनिल ध्वज कार्की मनोनयन भएका छन् ।
बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा एक समारोहका बीच अध्यक्ष महन्थ ठाकुरले कार्कीलाई खेलकुद संघको संयोजकमा मनोनयन गरेको पत्र हस्तान्तरण गरेका हुन् ।
पत्रमा पार्टीको संशोधित विधानको धारा २२ (१) बमोजिम कार्कीलाई उक्त जिम्मेवारी प्रदान गरिएको उल्लेख गरिएको छ ।
मनोनयन पत्रमा कार्कीलाई केन्द्रीय संयोजक पदमा मनोनयन गरिएको जानकारी दिँदै उनको कार्यकाल पार्टी संगठन सुदृढीकरण तथा खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ ।
तपाईको प्रतिक्रिया