काठमाडौं । डा.शरद्सिंह यादव नेतृत्वको जन अधिकार पार्टीको पर्सा जिल्ला अध्यक्षमा गगनदेव यादवलाई नियुक्त गरिएको छ ।
जन अधिकार पार्टीको केन्द्रीय समिति र कार्यसमितिको बुधबार बसेको बैठकले गगनदेवलाई पर्सा जिल्ला अध्यक्षमा नियुक्त गरिएको अध्यक्ष डा.यादवले जनाएका छन् ।
गगनदेवको लगनशीलता, नेतृत्व क्षमता तथा पार्टीप्रतिको योगदानको कदर गर्दैै पर्सा जिल्ला अध्यक्षमा नियुक्ति गरिएको हो ।
नियुक्ति पत्रमा भनिएको छ, ‘उ्रक्त पदमा रही पार्टीको विधान, नीति तथा कार्यक्रमअनुसार संगठन विस्तार, संगठन सुदृढीकरण तथा जनसम्पर्कको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
तपाईको प्रतिक्रिया