काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सहअध्यक्ष रेणु यादव, नेता प्रदीप यादवसहितका नेताहरु उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा फर्किएका छन् ।
आइतबार जसपाकी सहअध्यक्ष रेणु यादव र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच एक सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
जसपाका रेणु यादवको नेतृत्वमा बहुमत सदस्य जसपा नेपालसँग एकीकरण गरिएको सहमतिपत्रमा उल्लेख छ ।
‘मधेश आन्दोलनको उपलब्धिको रुपमा रहेको संघीयता गणतन्त्रको सरक्षण एवम सम्बर्धन तथा मधेश र मधेशी जनताको अधिकार सुनिश्चित्तताका लागि बदलिदो राजनैतिक परिवेषमा जनता समाजवादी नेपाल र जनता समाजवादी पार्टीको एकता अपरिहार्य रहेकोले मधेशी जनताको चाहना र जनअपेक्षालाई सिरोधार्य गरी एकता भएको घोषणा गर्दछु ।’ नेता प्रदीप यादवले बताएका छन् ।
तपाईको प्रतिक्रिया