काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का सिरहा जिल्लाका पूर्वअध्यक्ष रामलोचन ठाकुर ‘स्वामीजी’ आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।
आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले स्वामीजीलाई आफ्नो पार्टीमा स्वागत गरेका हुन् । स्वामीजी सिराहाको कल्याणपुर निवासी हुन् ।
यसअघि सिराहा–४ बाट ०७९ को निर्वाचनमा दोस्रो भएका जनमत पार्टीका प्रभावशाली नेता वीरेन्द्र साहपनि आजपामा प्रवेश गरेका थिए ।
स्वामीजीलगायतलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष साहले फेशबुकमा लेखेका छन्, ‘सिरहा जिल्ला कल्याणपुर निवासी जसपा नेपालको पुर्व जिल्ला अध्यक्ष रामलोचन ठाकुर ‘स्वामीजी’ लगायतका व्यक्तिहरू आज हाम्रो आम जनता पार्टीमा प्रवेश गर्नुभएकोछ । वहाँहरूलाई हाम्रो पार्टीमा स्वागत सम्मान सहित हार्दिक बधाई एवं शुभकामना ।’
तपाईको प्रतिक्रिया