काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव सन्तोष मेहता आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीको दुई वटा क्षेत्रबाट सिफारिस भएका छन् ।
महासचिव सुनसरी निर्वाचन क्षेत्र नं. २ र ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका हुन् ।
सुनसरी २ बाट उनीसंगै डा. संजय खतिवडा, अनुप सुब्बा पनि सिफारिस गरिएको छ ।
त्यसैगरी सुनसरी ४ बाट महसचिव मेहतासंगै जिल्ला अध्यक्ष रामनारायण यादव र केन्द्रीय सदस्य अयुब अन्सारी पनि सिफारिस भएका छन् ।
महासचिव मेहता एक बौद्धिक व्यक्तित्व एवं प्रष्ट वक्ता हुन् ।
तपाईको प्रतिक्रिया