रामुपाका महासचिव महासेठ धनुषा ३ र सिरहा ४ बाट उम्मेदवार सिफारिस

समाचार

जनकपुरधाम । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव अनिल महासेठ सिरहा र धनुषाबाट उम्मेद्वारका लागि सिफारिस भएका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नं.३ बाट रामुपा धनुषाले वैकल्पिक उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।

रामुपाका धनुषा अध्यक्ष रोजश चौधरीको हस्ताक्षरसहित केन्द्रलाई पठाइएको सिफारिस पत्रमा महासेठलाई धनुषा ३ को वैकल्पिक उम्मेदवारको नाम पठाएको छ ।

धनुषा ३ बाट रामुपा केन्द्रीय अध्यक्ष राजेन्द्र महतो र उपाध्यक्ष डा. राजीव झा तथा वैकल्पिक उम्मेद्वारको रुपमा महासेठ उम्मेदवार रहेका छन् ।

यस्तै, सिरहा जिल्ला समितिले महासचिव महासेठ र धनिराम महतोलाई सिरहा ४ बाट प्रत्यक्ष तर्फ उम्मेद्वारमा सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ