सप्तरी । डा.शरदसिंह यादव नेतृत्वको जन अधिकार पार्टीले समानुपातिक मधेशी अपाङ्ग कोटामा बबिता कुमारी मण्डलको नाम समावेश गरेको छ ।
‘जनताको अधिकार, जन अधिकार’ नारासहित डा.यादवले गरेको जन अधिकार पार्टीको चुनावी प्रचार प्रसार तीव्र बनाइएको छ ।
चुनावी प्रचार प्रसारकै क्रममा सप्तरीको महादेवा वार्डं नं. १ पकी टोल निवासी बबिताको घरमै पुगेर सम्मान गर्दै समानुपातिकमा नाम समावेश गरेको अध्यक्ष डा.यादवले जनाएका छन् ।
बबितालाई समानुपातिक चुनाव प्रणालीमा मधेशी अपाङ्ग कोटामा बबिता कुमारीको नाम समाबेश गरी सम्मान गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।।
तपाईको प्रतिक्रिया