समाजवादी विद्यार्थी युनियनले शहीद रमेश महतोको बलिदानी दिवस मनाउने

समाचार

‎काठमाडौं । समाजवादी विद्यार्थी युनियन, नेपालले २०६२/६३ को ऐतिहासिक मधेश जनविद्रोह तथा जनआन्दोलनका प्रथम महान वीर शहीद रमेशकुमार महतोको बलिदानी दिवस विविध कार्यक्रमसहित मनाउने भएको छ ।

‎युनियनको केन्द्रीय समिति, बालकुमारी ललितपुरले जारी गरेको सूचनाअनुसार सहिद महतोको स्मृति, आदर्श र बलिदानलाई उच्च सम्मान गर्दै भावी पुस्तामा लोकतान्त्रिक चेतना, सामाजिक न्याय र देशप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्ने उद्देश्यले बलिदानी दिवस मनाउन लागिएको हो।

‎सूचनामा संघीय लोकतान्त्रिक गणतन्त्र, समानता तथा सामाजिक न्याय स्थापनाका लागि सहिद महतोले देखाउनुभएको अद्वितीय साहस, त्याग र सर्वोच्च बलिदान नेपाली इतिहासमा अमर रहने उल्लेख गरिएको छ।

मधेशी, आदिवासी जनजाति, दलित, पिछडावर्ग, मुस्लिम, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको अधिकार, पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्न उहाँले पु¥याउनुभएको योगदान आजको पुस्ताका लागि प्रेरणाको स्रोत भएको युनियनले जनाएको छ।

‎केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, एकाइ समिति तथा मातहतका सम्पूर्ण समितिहरूलाई आ–आफ्नो स्थानमा कार्यक्रम आयोजना गरी बलिदानी दिवस श्रद्धापूर्वक मनाउन आग्रह गरिएको छ।

‎‎समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय अध्यक्ष मनिष कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा सबै तहका समितिहरूलाई सक्रिय सहभागिता र सहयोगका लागि हार्दिक अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ