मधेश र मधेशवाद बचाउन मेरो उम्मेद्वारी : सुनिल गुप्ता सर्लाहीवाला

समाचार

सर्लाही । मधेश र मधेशवादप्रति समर्पित क्रान्तिकारी छविका युवा अभियन्ता एवं नेता सुनिल प्रसाद गुप्ता सर्लाहीवालाले जनमत पार्टीको तर्फबाट आसन्न प्रतिनिधिसभा सदस्यका लागि सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेद्वारी दिएका छन् ।

कट्टर मधेशवादी नेताको रुपमा परिचित युवा नेता गुप्ता मधेश र मधेशीका लागि वकालत गर्दै आएका छन् । उनले मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै मधेश आन्दोलनको पक्षमा विभिन्न अभियानहरु चलाएका छन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डा.सीके राउतको जनमत पार्टीबाट उम्मेद्वारी दर्ता गराउँदै मधेश र मधेशवाद बचाउन आफ्नो उ्रम्मेद्वारी रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘म सुनिल प्रसाद गुप्ता सर्लाहीवाला सर्लाही क्षेत्र नम्बर ३ को जनमत पार्टीबाट उम्मेदवारी दिएको छु । शुद्ध मधेशवादी रोजौं, बाहरिया होइन भितरियालाइ भोट दिउ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ