मधेशमा एमालेलाई बहिस्कार गर्नु पर्छ : सहमहामन्त्री सिंह

समाचार

राकेश यादव, रौतहट । तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीका नेपालका केन्द्रिय सह महामन्त्री अनिल कुमार सिंहले केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेलाई मधेशबाट बहिस्कार गर्नु पर्ने बताएका छन् ।

पछिलो समय पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र एमाले नेता महेश बस्नेतको सार्वजनिक भएको मधेशी विरोधी अभिव्यक्ति प्रति मधेशमा आक्रोश फैलिएकोले एमाले विरुद्ध मधेशी जनताले मत हाल्नु पर्ने उहाले बताए ।

जनकपुरमा भएको आम सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र साहले भनेको मधेशी छौडा मैथली शव्दलाइ अपव्याख्या गर्दै महेश बस्नेतले मधेशी कुकुरको बच्चा भनि गरेको कटाक्ष र ओलीले धनुषा र महोतरी फोहरी जिल्ला रहेको र दमक सुन्दर सफा ठाउ भएको भनि दिएको अभिव्यक्ति मधेश र मधेशी जनता माथिको अपमान रहेको नेता सिंहले ठहर गरेका छन् ।

मधेशले अधिकारको लागि आन्दोलन गरिरहदा २–४ वटा आप झर्दैमा केहि फरक नपर्ने र मानव सङ्ग्लोलाइ माखे संग्लो भनि दिएका अभिव्यक्तिको स्मरण गर्दै नेता सिंहले पुनः ओलीले मधेशी जनतालाइ गालि गरेकोले एमालेलाइ बहिस्कार गर्न मधेशी जनता संग आग्रह गरे ।

पटक पटक विभेदको आखाबाट हेर्दै आएका एमालेका अध्यक्ष ओली लाइ आउदो फाल्गुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा मत पत्रबाट जवाव दिएर मधेशीको पहिचान देखाउनु पर्ने बताए ।

नेपाल भित्र बसोवास गर्दै आएका मधेशी जनता, थारु, मुस्लिम, अल्पसंख्यक, पिछडिएको बर्ग समुदाय, महिलालाइ शोषण गर्ने ,अपमान गर्ने साशकवर्ग एमाले कांग्रेसलाई सवक सिखाउने बेला आएकोले सचेत भएर आफ्नो मत प्रयोग गर्न अपिल गरे ।

केपी ओली र महेश बस्नेतको पछिलो समयको बोलिले रौतहटमा एमालेका उम्मेदवारलाइ सकस हुने अवस्था सृजना भएको छ । एमाले प्रति नकारात्मक भावना सृजना हुँदै गएको कारण पार्टीका उम्मेदवारलाइ चुनाव जित्न गार्हो हुन् सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ