रामेश्वर यादवले गरे कांग्रेस पार्टी परित्याग

समाचार

राकेश यादव, रौतहट । नेपाली कांग्रेसका रामेश्वर प्रसाद यादवले आइतबार पार्टी परित्याग गरेको औपचारिक रुपमा घोषणा गरेका छन् ।

रौतहट जिल्लाको सदरमुकाम गौरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरि यादवले नेपाली कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

नेपालमा विभिन्न समयमा भएको परिवर्तनको आन्दोलनमा नेपाली कांग्रेसको समर्थनमा अहम भूमिका निर्वाह गर्दै आएको यादवले नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पुर्व सभापति शेर बहादुर देउवाको शैली अपनाएको आरोप लगाउदै पार्टी परित्याग गरेको हो ।

भ्रस्टाचार र कुशासनको बिरुद्ध गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको परिवर्तनको संघर्षलाइ पार्टी सभापति थापाले आत्मसात नगर्दै पार्टी बाहिरका व्यक्तिलाइ फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल कुमार झालाइ उम्मेदवार बनेको भन्दै असन्तुस्टी समेत व्यक्त गरेका छन् । यादवले देश परिवर्तनको दिशामा अगाडी बढी रहेको बेला पार्टी सभापति थापा आफ्नो समर्थकको कुरामा लागेर देउवा पक्षका कार्यकर्तालाइ पाखा लगाउने कार्यगरेको टिप्पणी गरे ।

बिशेष महाधिबेशनमा पार्टी लास र दासको नभएको अभिव्यक्ति दिने थापाले पार्टी क्षेत्रीय कार्यसमिति र जिल्ला कार्य समिति रौतहटले सिफारिश गरेका व्यक्ति बाहेकलाइ उम्मेदवार बनाएको उल्लेख गर्दै पार्टी भित्र गुटबन्दिको खेल शुरु भएको बताए ।

पुष ४ गते क्षेत्रीय कार्य समितिले मुख्यमन्त्री कृष्ण प्रसाद यादव , रामेश्वर प्रसाद यादव , नितेश कुमार गुप्ता र सन्तु यादवको पार्टीको उम्मेदवारको रुपमा सिफारिश गरेको थियो । पार्टीले बाहिरबाट उम्मेदवार बनाए पछि पार्टीका इमान्दार कार्यकर्ताहरु भित्रि मनबाट दुखित् समेत बनेको अवस्था रहेको छ ।

पार्टी परित्याग गरेका यादवले औपचारिक रुपमा अन्य कुनै पार्टीमा प्रवेश नगर्ने भने पनि परिवर्तनको पक्षमा सहयोग गर्ने बताए । देशमा बालेन साहको पक्षमा जनलहर बढ्दै गएको देखेर नया युवा पुस्ताको पक्षमा खुलेर समर्थन गर्ने उहाको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ