एमाले रौतहटले ५ जनालाई कारबाही गर्ने

समाचार

राकेश यादव, रौतहट । नेकपा एमाले जिल्ला कार्य समिति रौतहटले पार्टीका ५ जनालाई कारबाही गर्ने निर्णय गरेको छ । पार्टी अनुसाशनको उल्लंघन गरेको आरोपमा निर्वाचित जनप्रतिनिधिसहित ५ जनालाई कारबाही गर्ने निर्णय गरेको हो ।

जिल्लाको गरुडामा बिहिवार बसेको जिल्लाको विस्तारित बैठकले निर्वाचित जनप्रतिनिधि गरुडा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबाबु चौधरी, चन्द्रपुर नगरपालिकाका वडा नम्बर ४ का वडा सदस्य प्रेम कुमारी तिमल्सिनालाई पदबाट नै हटाउने गरि निर्वाचन आयोगको कार्यालयमा सिफारिश गर्ने निर्णय गरिएको नेकपा एमालेका सचिव बाबुराम दाहालले जानकारी दिएका छन् ।

बैठकबाट मधेश प्रदेश सदस्य रहेकी अंशु सिंह, एमाले महाधिवेशनमा विपक्षी समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनेका संविधान सभा सदस्य बबन सिंह, एमालेका युवा संघ नेपालका जिल्ला संयोजक मुन्ना यादव पार्टीको हितविपरीत कार्य गरेको पुस्टि भएको हुँदा कारबाही गर्ने निर्णय गरिएको उनको भनाइ रहेको छ ।

निर्वाचन नजिकदै गएको बेला नेकपा एमाले जिल्ला कार्य समितिको यस्तो निर्णयले पार्टीबाट उम्मेदवार भएकालाई क्षति हुन सक्ने सम्भावना बढेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ