एमालेको क्षेत्रीय बैठक सम्पन्न, उम्मेदवारलाई जिताउने प्रतिबद्धता

समाचार

राकेश यादव, रौतहट । नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय बैठक शनिवार जिल्लाको हजमिनियामा सम्पन्न भएको छ ।

फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी सम्बन्धमा क्षेत्रीय बैठकको आयोजना गरिएको थियो । क्षेत्रीय संयोजक कृष्नान्दन रामको अध्यक्षतामा भएको क्षेत्रीय बैठकमा पार्टीका उम्मेदवार महमद अतिउल्लाहलाइ निर्वाचित गराउनु पर्नेमा जोड दिएको थियो ।

बैठकमा सम्वोधन गर्दै पुर्व संविधान सभा सदस्य मोहमद अव्दुल कलामले देश बनाउनका लागि नेकपा एमालेको सरकार नै आवश्यक रहेकोले पार्टीका उम्मेदवारलाइ जिताउन सवै पार्टीका इमान्दार कार्यकर्तालाइ एकजुट भएर लाग्नु पर्ने आग्रह गरे ।

निवर्तमान संसद किरण साहले क्षेत्रका मतदातालाइ धोखा दिएको भन्दै यस पालिको चुनावमा पार्टीले उम्मेदवार बनाएका महमद अतिउल्लाह विस्वास घात नगर्ने विस्वास व्यक्त गरे ।

रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा रहेका पुराना उम्मेदवार किरण साह र नेपाली कांग्रेसका उम्मेदवार मोहमद डाक्टर फिर्दोस आलम नेकपा एमालेका उम्मेदवार संग डराएको समेत उल्लेख गरे ।

बैठकमा नेकपा एमालेका लेखा आयोगका अध्यक्ष पवन पटेल , एमाले नेता गौरी शंकर जैसवाल , मनोज यादव , सहाबुदीन काजी , अवदेश यादव लगायतले पार्टी कार्यकर्ताले इमान्दारिता साथ लागे विई निश्चित रहेको दावी समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ