जनकपुरधाम । प्रतिनिधिसभा चुनाव नजिकिँदै जाँदा हरेक चौक–चौराहा, चिया पसल, खाजा घर लगायतमा चुनावी चर्चा मात्रै भइरहेको देखिन्छ । यो आम चुनाव आम नभएर विशेष चुनाव रहेको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम धनुषा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत नै पर्दछ । यस क्षेत्रमा नेपाली कांग्रेस, एमाले, रास्वपा, जसपा नेपाल, स्वतन्त्रलगायत चर्चित र प्रभावशाली नेताहरु उम्मेदवार रहेका छन् ।
यसैगरी, यही क्षेत्रबाट राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष डा.राजीव झा पनि उम्मेदवार रहेका छन् । रामुपा, नागरिक उन्मुक्ति पार्टी र अशोक राई नेतृत्वको जसपाका संयुक्त उम्मेदवार डा. झा एकल चुनाव चिन्ह जाँतोसहित चुनावी मैदानमा छन् ।
डा.राजीव झा धनुषा ३ का लागि चिरपरिचित र समाजसेवीको रुपमा छवि भएका व्यक्तित्व हुन् । निरन्तर सेवामूलक कार्यमार्फत हजारौँ विपन्न तथा असहाय नागरिकको जीवनमा आशा र राहत पु¥याउँदै आएका डा.झा राजनीतिक यात्रामा पनि जनताको भरोसाको केन्द्र बन्दै गएका छन् ।
जनकपुरधाममा स्थापना गरिएको ‘क्लोथ बैंक’ उनका सामाजिक सेवाको मुख्य आधार हो । यस बैंकमार्फत उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय, विपन्न तथा घरविहीन नागरिकलाई निःशुल्क कपडा सहयोग गरिसकेका छन् ।
चिसो, गर्मी तथा वर्षा जुनसुकै मौसममा पनि कसैलाई कपडाको अभावले पीडा नहोस भन्ने उद्देश्यसहित सुरु गरिएको यो अभियान आज मानवीय सेवाको उदाहरण बनेको छ ।
क्लोथ बैंक मात्र नभई बाढी, आगलागी, शीतलहरलगायत विभिन्न प्राकृतिक विपद्का समयमा पनि राजीव झा स्वयं प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गर्दै आएका छन् । पीडितको दुःख नजिकबाट बुझेर तत्काल सहयोग पु¥याउने उनको शैलीले उनलाई स्थानीय स्तरमा विश्वासिलो व्यक्तित्वको रूपमा स्थापित गरेको छ ।
जनकपुरधाममा पहिलोपटक व्यवस्थित रूपमा कपडा बैंक स्थापना गरी लत्ता–कपडा, औषधि तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन गर्ने श्रेय पनि उनलाई नै जान्छ । सामाजिक उत्तरदायित्वमा सधैं अग्रसर रहने उनी कठिन परिस्थितिमा समेत सेवाबाट पछि नहट्ने व्यक्तिका रूपमा चिनिन्छन् ।
ग्राण्डजिरोमा बलियो पकड रहेका डा.झालाई चुनावमा आफूलाई मतदाता माझ चिनाउन पर्दैन । मधेशवाणीका जनकपुर प्रतिनिधिले धनुषा ३ को चुनावी माहौलबारे स्थानीयस्तरमा जनताको मन बुझ्ने क्रममा मतदाताहरु भन्छन्, ‘विगतमा हामीले धेरै नेताहरुलाई जितायौं, तर यहाँको अवस्थामा सुधार भएन । यस क्षेत्रबाट टेस्टेड र स्टन्टबाजहरु संघीय संसदमा गए, तर यो क्षेत्रका लागि गर्नुपर्ने जति काम भएन ।’
यहाँका मतदाताहरुको एक मात्र स्वर छ, ‘हामीले टेस्टेड र स्टन्टबाजलाई हैन, जनताको सुख–दुःखमा साथ दिने डा.राजीव झा जित्नुपर्छ । जसले यहाँका हरेक दुःख, सुखमा जनताका लागि काम गर्दै आएका छन्, उसलाई नै जिताउनुपर्छ । जो व्यक्ति कुनै सार्वजनिक पदमा नगएर पनि गरीब, असहाय तथा विपन्न जनताका लागि काम गरे, त्यो व्यक्ति यदि संसदमा गए भने यो क्षेत्रको मुहार परिवर्तन हुन्छ ।’
तपाईको प्रतिक्रिया