डा.मिनाक्षी ठाकुरले गरिन् मतदातासँग सम्वाद् (फोटो फिचरसहित)

समाचार

महोत्तरी । जनता समाजवादी पार्टी नेपालको तर्फबाट महोत्तरी निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.मिनाक्षी ठाकुरले मटिहानी नगरपालिकाका मतदाता एवं नेता कार्यकर्तासँग छलफल एवं सम्वाद गरेकी छन् ।

डा.ठाकुरले मटिहानी नगरपालिकाअन्तर्गत धिरापुर, सिरसिया, आबरमा दलान छलफल तथा कार्यकर्ता भेटघाट र मतदातासँग सम्वाद गरेकी हुन् ।

मतदाताहरुले पढेलेखेकी, अनुभवी र समाजलाई बुझेकी उम्मेदवार डा.ठाकुरलाई संसदमा पठाउन छाता छापमै मतदान गर्ने बताएका छन् । डा.ठाकुर चिकित्सक हुन् ।

दलान छलफल कार्यक्रममा मधेश प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी, युवा नेता प्रदीप पाठक लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

 
 
 
 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ