राकेश यादव, रौतहट । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले षड्यन्त्रपूर्वक फसाएको बताएका छन् ।
बिहीबार रौतहट जिल्लाको सदरमुकाम गौरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलनमा सम्बोधन गर्दै रौतहट निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका नेपालले एमालेसँग विद्रोह गरेको कारण पताञ्जली योग पिठको जग्गा हिनामिना नभए पनि सो मुद्दामा फसाएको आरोप लगाएका हुन् ।
सरकारी सम्पति नोक्सानी नभए पनि सरकारी सम्पतिको नोक्सानी पुर्याएको आरोप लगाउँदै झुठा मुद्दा दर्ता गर्न लगाएको जिकिर गरे । चुनावी अभियानमा रहेका नेपालले भदौ २४ गते भएको घटना सरकारको नेतृत्व गरि रहेका पूर्व प्रधानमन्त्री ओली को कारण भएको समेत दावी गरे ।
जेन जेड समुहले उठाएको भ्रस्टाचार, सुसाशन र सामाजिक संजाल प्रतिको निषेध फुकुवाको मुद्दा तत्कालिन सरकारले सम्बोधन गरेको भए आज देशमा यस्तो अवस्था आउदैन्थ्यो उनले भने सरकार कै कमी कमजोरीको कारण मुलुकमा ठुलो जनधनको क्षति भएको टिप्पणी गरे ।
पूर्वप्रधानमन्त्री नेपालले २४ गते परिस्थितिलाई सहज बनाउन पार्टी अध्यक्ष र म आफैले भूमिका खेलेको बताए । जेनजी समुहको आन्दोलनको नाउँमा अराजक व्यक्तिले सांसद भवन, सिह दरवार, सर्बोच्च अदालत, राष्ट्रपति भवन लगायत विभिन्न सरकारी कार्यालय नेताहरुको निजी सम्पतिमा नोक्सानी पुर्याउने काम गरिएको उल्लेख गरे ।
सन्चारकर्मीको प्रश्नको जवावमा नेता नेपालले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीको व्यवस्था घातक हुने भएकोले त्यो व्यवस्थाको बिपक्षमा रहेको बताए ।
रौतहट जिल्लामा विकास निर्माणको कार्यमा आफ्नो ठुलो योगदान रहेको ठोकुवा गर्दै सहअध्यक्ष नेपालले जेनजी समुह नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध हुने क्रममा जारी रहेको सुनाए ।
गौर चन्द्रनिगाहपुर सडक फोर लेन विस्तार देखि ५१ किलोमिटर कालो पत्रे सडक, ५ वटा पुल, नेपाल भारत सिमामा पक्कि पुल, गरिब व्पिन्न वर्गलागि गरेको सहयोगको बारेमा सबिस्तार सुनाउदै माधव नेपाल जस्तो कोहि विकास अहिले सम्म नगरेको र भविषयमा पनि गर्न नसक्ने ठोकुवा गरे।
संघियता लोकतन्त्र जोगाउनको लागि आफ्नो भूमिका अपरिहार्य भएकोले आफुलाई नै प्रतिनिधि छनौट गर्नु पर्ने धारणा राखे। उहाले यो निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले बहुमत ल्याउन सकिने समेत दावी गरेका छन्।
तपाईको प्रतिक्रिया