पर्सा १ मा पन्त विजयी

समाचार

वीरगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का उम्मेदवार बुद्धिप्रसाद पन्त विजयी भएका छन् ।

रास्वपाका उम्मेदवार पन्तले २७ हजार २७४ मत ल्याएर विजयी भएका हुन् । पन्तले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार प्रदीप यादवभन्दा १४ हजार २४४ को मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका छन् ।

एमालेका उम्मेदवार यादवले १३ हजार ३० मत प्राप्त गरे । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार रूगटाले ११ हजार ८८५ मत ल्याए ।

त्यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार रामनरेशप्रसाद यादवले एक हजार २०१ मत प्राप्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ