बालेन सरकारले मधेशीको अधिकारलाई सुनिश्चित गर्नेमा आशावादी छौं : डा.यादव

समाचार

काठमाडौं । जन अधिकार पार्टीका अध्यक्ष डा.शरदसिंह यादवले बालेन्द्र शाहको नेतृत्वमा बन्ने सरकारले मधेशीको अधिकारलाई सुनिश्चित गर्ने आशावादी रहेको बताएका छन् ।

डा.यादवले देशमा अब बालेन्द्र शाहको नेतृत्वमा बन्ने दुई तिहाइको सरकारले मधेशीले हालसम्म पाएको अधिकारको रक्षा गर्दै पाउन बाँकी रहेको अधिकारलाई संविधान संशोधन मार्फत सुनिश्चित गर्नेमा आफू आशावादी रहेका बताएका हुन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिउको छ, ‘संघीयता, समावेशिता समानुपातिक मार्फत सीमान्तकृत समुदायले पाएको अधिकारवाट कुनै बहानामा बन्चित गर्ने दुस्साहस गरिने छैन भन्नेमा पनि विश्वस्त छौं ।’

उनले यदि संघीयतासँग खेल्ने कार्य भए वा गरिए मधेशी जनता चुपा लागेर नबस्ने चेतावनीसमेत दिएका छन् ।

रास्वपालाई हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना दिँदै सफलतापूर्वक निर्वाचन सम्पन्न गराउने सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारलाई हार्दिक धन्यवाद पनि प्रकट गरेका छन् ।

जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिएको जनादेशको जन अधिकार पार्टीले सम्मान गर्दै रास्वपाका वरिष्ठ नेता श्री बालेन्द्र शाह (बालेन) लाई देशको प्रधानमन्त्रीको उम्मेदवार बनाए पछि मधेशी जनताले यसलाइ एकदम सकारात्मक रूपमा लिदै मधेशबाट भारी मत दिएको उनको निष्कर्ष छ ।

बालेन्द्र शाहले जनकपुरको सम्बोधनमा मधेशी जनतालाई अब अधिकारका लागि नभई पशुपतिनाथको दर्शन मात्र गर्न मात्रै काठमाडौं जानुपर्ने, संघीयता लाई अझ बलगर ( बलियो बनाउने प्रतिवद्धता व्यक्त गरेपछि मधेशी जनताले यो कुरालाइ गम्भीरतापूर्वक लिदै मतदान गरेका छन् ।

यो निर्वाचनमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जन अधिकार पाटीलाई सहयोग गर्ने सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दै डा.यादवले जनताले दिएको जनादेशलाई हामी सहर्ष स्वीकार गरेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ