सबै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक, मधेशी दलको पत्तासाफ

समाचार

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सबै क्षेत्रका परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाममा मधेशी दलको पत्तासाफ भएको हो ।

प्रत्यक्ष तर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन निर्वाचित भएका छन् ।

उम्मेदवारी खारेजपछि विवादित बनेको धनुषा–१ मा आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र दिएको छ भने उम्मेदवारी खारेज भएपछि रास्वपाका उम्मेदवार अदालत गएका छन् ।

सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति सार्वजनिक भएको हो । जसमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मिङ्मा शेर्पालाई पराजित गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ