राकेश यादव, रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिका–८ बसन्तपुरमा करेन्ट लागेर आइतवार एक जना महिलाको मृत्यु भएको छ ।
गुजरा नगरपालिका–१ मनहर्वा घर भएकी ८४ वर्षीया कान्छी देवी चौधरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
पानी तान्ने उदेश्यले धारामा जडान गरिएको बिधुतिय मोटरमा करेन्ट लागेर घाइते भएकी चौधरीलाइ उपचारको लागि चन्द्रपुर अस्पतालमा लैजाँदा मृत्यु भएको प्रहरी नायव उपरिक्षक रुपा लाबुंगले जानकारी दिएका छन्। घटनाको सम्बन्धमा थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको हो।
तपाईको प्रतिक्रिया