रौतहटको सरकारी कार्यालयबाट ५ जना पक्राउ

समाचार

राकेश यादव, रौतहट । जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ बस पार्क, वडा नम्बर १ स्थित रौतहट जिल्ला अदालत र ५ स्थित मालपोत कार्यालयबाट प्रहरीले शुक्रबार ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल सरकारले सरकारी अड्डा अदालत कार्यालयमा अनधिकृत रुपमा प्रवेश गर्ने बिचौलियालाई निषेध गर्ने गरेको निर्णय अनुसार प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जिल्ला रौतहट यमुनामाई गाउपालिका वडा नम्बर २ बस्ने सिकित नारायण, राजदेवी नगरपालिका ७ बस्ने बब्लु यादव, ३० वर्षीय श्याम बिहारी यादव, परोहा नगरपालिका ७ बस्ने राम नरेश प्रसाद पटेल र गौर नगरपालिका ८ बस्ने ६० वर्षीय राजेन्द्र राउत बरै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुले मालपोत कार्यालय लगायत अन्य सरकारी कार्यालयहरुमा सेवाग्राहीलाई विभिन्न कामहरु छिटो गरिदिने भनि अनावश्यक झनझट दिने, तान्ने हैरानी गर्ने, सेवाग्राहीका कागजात बोकी विभिन्न फाँटहरुमा जाने र सोवापत अनुचित लाभ लिने लगायतका कार्य गर्ने प्रहरीले दावी गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ