पालिकामा बजेट बढाउन र पालिकालाई कर उठाउने, कानून बनाउने व्यवस्था हटाउनुपर्ने माग

समाचार

रौतहट । आम जनता पार्टी (आजपा) को रौतहट जिल्ला अध्यक्ष नरेश तुरहाले स्थानीय तहमा बजेट बढाउनुपर्ने बताएका छन् ।

रौतहटको देवाहीगोनाहीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तुरहाले स्थानीय तह बजेट बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

यदि वडा सदस्य हटाउने हो भने वडा अध्यक्षमा आरक्षणको व्यवस्था हुनुपर्ने उनले बताए । महिला, दलितहरुलाई वडा अध्यक्षमा आरक्षणको व्यवस्था गरेर वडा सदस्य हटाउन सकिने अध्यक्ष तुरहाले बताए ।

’स्थानीय तहमा बजेट बढाउनुपर्छ । अहिलेको बजेटले स्थानीय तहको आवश्यकता पुराहुदैन । वडा सदस्य हटाउने तर वडा अध्यक्षमा महिला, दलितको आरक्षणको व्यवस्था गर्नुपर्ने हुन्छ,झ तुरहाले भने ।

संविधान संशोधन गरेर स्थानीय तहमा पालिकाको निर्वाचन दलबिहिन गर्नुपर्ने र पालिकालाई प्रदेश मातहतमा राख्न आवश्यक रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ