विधिको शासन, दिगो शान्ति र विकासले यो वर्षमा गति लिओस् : अधिवत्ता बिष्णु गिरी

समाचार

काठमाडौ । अधिवत्ता बिष्णु गिरीले नयाँ वर्ष २०८३ को उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै सकारात्मक सोच लिएर अगाडि बढनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत शुभकामना दिदै अधिवत्ता गिरीले नयाँ वर्षलाई केही नौलो कामको थालनी, सकारात्मक सोचको विकास गनुपर्नेमा जोड दिए ।

नयाँ बर्षले आपसी मेलमिलाप, सद्भाव र भाइचारा अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताए । अधिवता गिरीले बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भइसकेको र जनताले विधिको शासन, दिगो शान्ति र विकासले यो बर्षमा गति लिने बताएका छन् । अधिवत्ता गिरीले अघिल्लो वर्षका सफलता र विफलतालाई बिर्सेर अगाडि बढनुपर्नेमा जोड दिएका छन् ।

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको जानकारहरू बताईन्छ ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण गरी सङ्कल्प गर्दछन् । विश्वभर रहेका नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ