राकेश यादव, रौतहट । जिल्लाको बौद्धिमाइ नगरपालिका वडा नम्बर ७ स्थित मा इटा उद्योग नजिक बाटोबाट हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल भारतको सिमामा भारतबाट नेपाल तर्फ साना हातहतियार ओसार पसार गरी ल्याउने गरेको छ भन्ने बिशेष सुचनाको आधारमा गएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा कटुवा पेस्तौल सहित भारतीय नागरिकलाइ पक्राउ गरेको हो ।
माँ ईट्टा उधोग नजिक बाटोमा चेकजाँच गरी राखेको अवस्थामा अं. १९ः१५ बजेको समयमा देश भारत बिहार राज्य पुर्वी चम्पारण जिल्ला मौवाह ग्रामपंचायत चनारमण टोल बस्ने सनिचर दासको छोरा बर्ष अं.२० को सुर्य कुमार दासको शरीर कानून बमोजिम खान तलासी लिँदा निजले लगाएको पाईन्ट भित्र लुकाई छिपाई माथीबाट लगाएको भेष्टले छोपेको अवस्थामा नलकटुवा पेस्तौल थान–१ र भारतिय २ वटा सिम रहेको इउउय कम्पनीको मोबाईल थान–१ फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहट का प्रहरी नायव उपरिक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया