किशोरीहरूका लागि आत्मरक्षा तालिम

समाचार

महोत्तरी । मटिहानी नगरपालिकाको आयोजनामा किशोरीहरुको लागि आत्मरक्षासम्बन्धी जीवनोपयोगी तालिम शुरु भएको छ ।

चार दिनसम्म संचालन हुने उक्त आधारभूत तालिममा पालिकाका चारवटा माध्यमिक विद्यालयहरू मटिहानी, मझौरा, सिमरदही र सिरसियाका ४० जना कशोरीहरु सहभागी रहेका छन् ।

यसैबीच सो तालिमको एक समारोहबीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले उद्घाटन गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख मंजु देवी साह, वडा अध्यक्षहरु रितेश साह, जितनारायण माझी, महिला बालबालिका शाखाका प्रमुख दिपा दास, प्रशिक्षक पिंकी शर्मा र टंक प्रसाद उपाध्यायले तालिमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

तालिममा किशोरीहरुलाई आत्मरक्षाबारे प्रशिक्षण दिइने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ