महोत्तरी । मटिहानी नगरपालिकाको नगर प्रमुख हरि प्रसाद मण्डलले पोते तथा क्रिस्टल माला बनाउने तालिमको उद्घाटन गरेका छन् ।
एक महिने सो तालिममा महिला र किशोरी गरी ३० जना सहभागी रहेका छन् ।
मटिहानी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन कुमार मण्डलको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दिपा दास र प्रशिक्षक सुधिरा मण्डलले तालिमको उद्देश्य माथि प्रकाशन गरेका हुन् ।
तालिमले महिला र किशोरीहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने छ ।
तपाईको प्रतिक्रिया