राकेश यादव, रौतहट । मधेश प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले प्रदेश सरकारका योजनाहरुमा पूर्वाधार विकास कार्यालय र पर्यटन विकास कार्यालय रौतहटका प्रमुखले अनियमिता गर्ने गरेको भन्दै प्रमुख जिल्ला अधिकरीलाई सामूहिक रुपमा ज्ञापन पत्र बुझाएका छन् ।
जिल्ला अध्यक्ष राजीव रंजन राजू यादवको नेतृत्वमा गएका जनता समाजवादी पार्टी नेपालका जिल्ला स्तरीय नेता तथा कार्यकत्र्ताहरुले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाइ ज्ञापन पत्र बुझाएका हुन् ।
भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ताको रबैयाको कारण रौतहटमा पर्यटन विकास कार्यालय र पूर्वाधार बिकास कार्यालयबाट आर्थिक प्रलोभनको कारण आफु खÞुशी बिक्री वितरण भैरहेकोले सार्वजानिक खरीद एन अंतर्गत पारदर्शी रुपमा योजना कार्यान्वयन गराउनु पर्ने मांग गरिएको छ ।
ज्ञापन पत्रमा अन्य जिल्ला सरुवा भएको पूर्वाधार विकास कार्यालयका प्रमुख दीपक मिश्रालाइ प्रदेश सरकारले रौतहट मै पुनः पदस्थापना गरेर भ्रष्टाचारको बढावा दिएको आरोप लगाइएको छ ।
कार्यालय प्रमुख मिश्रा नियमित रुपमा कार्यालयमा हाजिर नभई दर्ता चलानी किताब लिएर बाहिर बसेर कमीशन लिएर प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२÷०८३ को योजना विक्री गर्ने गरेको ज्ञापन पत्रमा दावी गरिएको छ ।
ज्ञापन पत्रमा सर्वोच्च अदालतको निर्णय विरुद्ध प्रदेश सांसदलाई दिने गरेको पांच पांच करोड़ को योजना रोक्नु पर्ने, जिल्लामा कथित संसदीय कोषको अलाबा रहेको ४६८ योजनाको कमिशनको भरमा हुने कार्यान्वयन रोक्नु पर्ने, निधि आवास योजना अंतर्गत १५०० घर निर्माणको कार्यमा भइरहेको अनियमितता रोक्नु पर्ने लगायतका माग उल्लेख गरिएको छ ।
राजनितिक पवार र पहुंच को आधारमा जिम्मेवारी पाएका प्रमुख मिश्रा आफ्नो नजिकका राजनितिक दलका कार्यकर्तालाई कमीशन लिएर उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन गर्न स्वीकृत योजना हरुको चिठ्ठी दिने गरेको जसपा कार्यकर्ताहरुको आरोप रहेको छ । मांगहरुको बेवस्था गरिए चरणबद्ध रुपमा सड़क संघर्ष माँ उत्रिने समेत जिल्ला अध्यक्ष यादव ले चेतावनी दिएका छन् ।
तपाईको प्रतिक्रिया