पत्रकार एवं साहित्यकार यादवलाई प्रज्ञा मातृभाषा पुरस्कार

समाचार

काठमाडौं । पत्रकार एवं साहित्यकार अमरेन्द्र यादव प्रज्ञा मातृभाषा पुरस्कार–२०८२ बाट सम्मानित भएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानले पत्रकार एवं साहित्यकार यादवलाई उनको मातृभाषा मैथिलीको भाषा र साहित्यमा तीन दशक लामो योगदान पुर्याएबापत सम्मानित गरेको हो ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित विशेष समारोहमा पत्रकार एवं साहित्यकार यादवलाई सम्मानित गरिएको हो ।
पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । त्यस अवसरमा प्रज्ञा पुरस्कार र प्रज्ञा प्रादेशिक पुरस्कारबाट अन्य साहित्यिक स्रष्टाहरुलाई पनि पुरस्कृत गरिएको छ ।

कवि एव. पत्रकार यादव तीन दशकदेखि मैथिली साहित्य लेखनमा क्रियाशील हुन् ।

दुई दशकदेखि मैथिली, नेपाली र अंग्रेजी भाषाको पत्रकारितामा सक्रिय यादव करिब १४ वर्षदेखि दि राइजिङ नेपाल अंग्रेजी दैनिकको समाचारकक्ष र सम्पादकीय समूहमा क्रियाशील छन् ।

उनले लेख्नुभएको मैथिली कविता संग्रह ‘स्त्री आ आगि’ बि.स. २०७८ सालमा प्रकाशित भएको छ । त्यस पुस्तकका लागि उहाँलाई नेपाल विद्यापति पाण्डुलिपी पुरस्कार–२०७७ ले सम्मानित गरिएको छ ।

१० वटा भाषाका ५० जना कविको एक सय वटा कविताहरु संग्रहित बहुभाषिक कविता संग्रह ‘भवप्रीता’ को सम्पादन यादवले गरेका छन् ।

यादवले एक सयभन्दा बढी गीत, गजल, कविता, मुक्तक र कथा मैथिलीमा लेखेका छन् । त्यसमध्ये केही रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

पत्रकार एवं साहित्यकार यादवका नेपाली र मैथिली भाषाका दर्जनौं लेख र निबन्धहरु विभिन्न राष्ट्रिय दैनिक पत्रिकाहरुमा प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ