राकेश यादव, रौतहट । जिल्लाको कटहरिया नगरपालिका ९ डुमरिया टोलमा एक जना एकल महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गर्ने व्यक्तिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
पीडितले दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय गरुडा बाट गएको टोलीले महिलालाई कुटपिट गर्दै मानव मलमूत्र खुवाएको आरोपमा कटहरिया नगरपालिका ९ बसने फुदेनी माझिको ३० वर्षीय छोरा शंकर माझीलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय ५५ वर्षीय एकल महिलालाइ सोही स्थान बस्ने गौरी साह कलबार लगाएतका व्यक्तिहरूको समूहले बोक्सी हो मेरो नातेदार बालकलाई विरामी बनाई दिएको भन्दै कुटपिट गर्दै मलमूत्र खुवाएको जानकारी प्राप्त भएपछि प्रहरीले घटनामा संलग्न शंकर माझिलाई पक्राउ गरी अमानवीय तथा अपमानजनक व्यव्हार गरेको अभियोगमा थप अनुसन्धान बढ़ाइएको प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्याले जानकारी दिएका छन ।
तपाईको प्रतिक्रिया