इमरान खान, कपिलवस्तु । कपिलवस्तुमा सार्वजनिक यातायातका साधनमा निर्धारित सिटभन्दा अतिरिक्त राखिएका सामाग्री कपिलवस्तु ट्राफिक प्रहरीले हटाउन थालेको छ । यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति नियन्त्रण गर्न ट्राफिक प्रहरीले कपिलवस्तुमा सञ्चालन गरेको विशेष अभियान अन्तर्गत क्षमता भन्दा धेरै यात्रु राख्न बनाइएका अतिरिक्त सिट, मुडा र कुर्सी हटान थालेको हो ।
यो अभियान कपिलवस्तु ट्राफिक प्रहरीले बिशेष गरि कपिलबस्तुमा पर्ने राजमार्ग र मुख्य सडकहरुमा केन्द्रित गर्दै सवारी व्यवस्थापनमा कडाइ गरेको हो । कपिलवस्तुका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन ढकालले सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि महेन्द्र राजमार्गमा सञ्चालन हुने साना तथा मझौला यात्रुवाहक सवारीहरुबाट अतिरिक्त सिट हटाउने अभियान सुरु गरिएको बताए ।
‘क्षमताभन्दा बढी यात्रु राख्न प्रयोग गरिएका सिट, मुडा र कुर्सी हटाउँदै क्रममा, ‘अभियान सञ्चालन गरे यता एक सयभन्दा बढी सवारी साधनबाट यस्ता सामग्री हटाइएको ट्राफिक प्रहरी निरीक्षक ढकालले बताउनु भयो ।’ निर्धारित सिट भन्दा अतिरिक्त यस्ता सामाग्री राख्ने सम्बन्धित सवारी साधन चालकलाई पहिलो चरणमा सचेत गराइएको र अटेर गर्नेलाई जरिवाना गरिने उनले बताए ।
गाडीको निर्धारित क्षमता भन्दा अत्याधिक यात्रु राख्दा सवारी साधनको भार सन्तुलन बिग्रिने, ब्रेक प्रणालीमा दबाब बढ्ने, मोडमा सवारी ढल्किने र आकस्मिक अवस्थामा नियन्त्रण गर्न कठिन हुने लगायतका समस्या हुने ट्राफिक प्रहरीले बताउँछन ।
सवारी साधनको भित्री संरचनामा परिवर्तन गर्दा यात्रुको सुरक्षामा प्रत्यक्ष असर पर्ने र यस्ता कारणले साना दुर्घटना देखि ठुला मानवीय क्षति सम्मका दुर्घटनाको जोखिम बढी हुने भनाइ ट्राफिक प्रहरीको छ । यो अभियानलाई निरन्तरता दिइने ढकालले जनाए ।
तपाईको प्रतिक्रिया