नेपालगन्ज । मधेश मुक्ति अभियानले आफ्नो संगठन विस्तार अभियानलाई तीव्र बनाउने क्रममा बाँके जिल्लाको नेपालगञ्जमा युवा केन्द्रित बैठक सम्पन्न गरेको छ। कार्यक्रममा स्थानीय अभियन्ता अक्षय कुमार सोनारको अगुवाईमा संगठन विस्तार गरिएको हो।
बैठकमा करिब ३०–४० जना युवाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा मधेश मुक्ति अभियानका उद्देश्य, भावी कार्ययोजना, संगठन विस्तार तथा युवाको भूमिकाबारे छलफल भएको बताइएको छ।
सहभागी युवाहरूले अभियानप्रति ऐक्यबद्धता जनाउँदै आगामी दिनमा स्थानीय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
मधेश मुक्ति अभियानले २०८३ सालभित्र विभिन्न जिल्लामा संगठन विस्तार, युवा भेला तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। अभियानले आफूलाई मधेशका राजनीतिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा केन्द्रित जनआन्दोलनका रूपमा विस्तार गरिरहेको दाबी गरेको छ।
तपाईको प्रतिक्रिया