काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारी ठाकुरले राष्ट्रिय धान दिवस (असार १५) का अवसरमा किसानहरूसँगै खेतमा धान रोपेर शुभकामना व्यक्त गरेकी छन्।
उनले धनुषाको जनकपुरधाम–१४, मुजेलियामा किसानहरूसँग प्रत्यक्ष रूपमा रोपाइँमा सहभागी हुँदै कृषि क्षेत्रप्रति सम्मान व्यक्त गरेकी हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियोसहित सन्देश साझा गर्दै उपसभामुख ठाकुरले किसानको मेहनत र पसिनाले नै देशको खाद्य सुरक्षा सुनिश्चित हुने उल्लेख गरिन्।
उनले हाल किसानहरू मल–बीउको अभाव, पर्याप्त सिँचाइ सुविधा नहुनु, उत्पादनको उचित मूल्य नपाउनु र बजार पहुँचमा समस्या जस्ता चुनौती झेलिरहेको बताइन्। यस्ता समस्याको समाधान, कृषि क्षेत्रको आधुनिकीकरण र किसानको जीवनस्तर सुधारका लागि आफू निरन्तर पहल र आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्।
राष्ट्रिय धान दिवसको अवसरमा उनले सम्पूर्ण किसानप्रति सम्मान प्रकट गर्दै सबैमा शुभकामना व्यक्त गरेकी छन्।
तपाईको प्रतिक्रिया