विभिन्न घटकलाई एकीकृत गर्दै विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन

समाचार

काठमाडौं । कमन जेनजी नेपाल (Common Gen-Z Nepal)को केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । विभिन्न घटकलाई एकीकृत गर्दै कमन जेनजी नेपालको पुनर्गठन गरिएको हो । विकेश साहको अध्यक्षतामा केन्द्रीय कमिटीको घोषणा गरिएको छ ।

पुनर्गठित कमिटीका अध्यक्ष साहले विभिन्न घटकलाई एकीकृत गर्दै साझा जेनजीहरुको संगठनको रुपमा केन्द्रीय कमिटीको निर्माण गरेको बताए । घोषणा गरिएको केन्द्रीय कमिटीमा विभिन्न जेनजी संगठनहरु समाहित भएको छ ।

‘यो कुनै राजनीतिक दलको भातृ संगठन होइन । विभिन्न घटकहरुलाई हामीले एकीकृत गर्दै जेनजीहरुको साझा संगठनको रुपमा कमन जेनजी नेपालको पुनर्गठन गरेका छौं,’ अध्यक्ष साहले भने, ‘अहिले जेनजी आन्दोलनको मुद्धा र एजेण्डा ओझेलमा परेको छ । त्यसलाई बचाउन र माग सम्बोधनका लागि हामी विभिन्न समूहमा रहेका जेनजीहरु एकीकृत हुदै अगाडी बढन प्रतिबद्ध छौं ।’

वर्तमान सरकार (प्रधानमन्त्री वालेन शाह)ले जेनजी आन्दोलनको मुद्धा तथा एजेण्डा छोडेको, सरकारले जेनजीहरुको माग सम्बोधन गर्न नचाहेको अहिले स्पष्ट देखिएको अध्यक्ष साहले बताए । सरकारलाई दबाब दिदै जेनजीको माग सम्बोधन गराउनका लागि पनि हामी एकीकृत हुदै अगाडी बढनुको विकल्प नभएको उनले बताए । साथै विभिन्न समूहमा विभाजित जेनजीहरुलाई एकीकृत हुदै अगाडी बढन साहले सुझाव समेत दिएका छन् ।

पुनर्गठित केन्द्रीय कमिटीको उपाध्यक्षमा उज्जवल शर्मा, सोनिया पटेल, महासचिवमा रोनिश साह, उपमहासचिवमा जग्गु मण्डल, दिलिप साह, अफ्रोज आलम, सचिवमा ललन साह, राहुल यादव र कोषाध्यक्षमा समृद्धि रेग्मी रहेका छन् ।

कृष्णमोहन सहनी इन्चार्ज र प्रदिप साह सहइन्चार्ज रहेको कमन जेनजी नेपालको केन्द्रीय सदस्यमा विकाश झा, सुभाष ठाकुर, अभिषेक अधिकारी, सन्नी ठाकुर, धीरेन्द्र साह, प्रसुना आचार्य, मनिष यादव, रन्जन महतो, सुशान्त साह, रोहित कुशवाहा, आर्यन कुशवाहा, एमडी तौसिर राजा, मुरली साह, आर्यन थापा, किशोर केसी, दिपेन्द्र सिंह कुँवर, करण यादव, आभाष चौधरी, ऋषी साह, गौतम साह, राकेश साह, पृथ्वीकुमार साह, कृष्ण दास, दिलिप रजक धर्मेन्द्र साह लगायत रहेका छन् ।

१०५ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको र केही दिनभित्रैमा सातै प्रदेशका साथै जिल्ला जिल्लामा समेत कमन जेनजीको संगठन विस्तार गरिने महासचिव रोनिश साहले जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ