आरजेयूद्वारा एमबीएका दुई विषयको परीक्षा स्थगित

समाचार

जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयले एमबीए प्रथम वर्ष प्रथम सेमेस्टरका दुई विषयको परीक्षा स्थगित गरेको छ।

राजर्षि जनक विश्वविद्यालय (आरजेयू) अन्तर्गत केन्द्रीय परीक्षा सञ्चालन तथा अभिलेख केन्द्रले शुक्रबार सूचना जारी गरी साउन १५ गते दिउँसो १२:०० बजेदेखि सञ्चालन हुने मार्केटिङ फर म्यानेजर र म्यानेजेरियल स्टाटिस्टिक्स विषयको परीक्षा विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको जनाएको हो ।

विश्वविद्यालयले अर्को सूचना प्रकाशित गरी परीक्षाको नयाँ तालिका सार्वजनिक गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ