भारत सरकारको सहयोगमा बाँकेमा विद्यालय भवन निर्माणको शिलान्यास

समाचार

काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लाको खजुरा गाउँपालिका–४ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माणका लागि काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बि.क.ले संयुक्त रूपमा शिलान्यास गर्नुभयो।

भारत सरकारको आर्थिक सहयोग करिब नेरु ३.२ करोड लागतमा यो विद्यालय भवनको निर्माण हुँदैछ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना बाँकेको खजुरा गाउँपालिकामार्फतकार्यान्वयन हुनेछ । यो नेपालको बाँके जिल्लामा सञ्चालन भइरहेको ८ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो र वहाँहरुले नयाँ पूर्वाधारले खजुरा गाउँपालिकाका विद्यार्थी र शिक्षकहरुका लागि सिकाइको वातावरण बढाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ