तीजको सामाजिक र धार्मिक महत्वबारे राष्ट्रिय एकता दलको विचार गोष्ठी

समाचार

काठमाडौं। राष्ट्रिय एकता दल महिला विभागको आयोजनामा ‘हिन्दू नारी र तीजको महत्व’ विषयक विशेष अन्तरक्रिया तथा विचार गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ।

महिला विभागकी प्रभारी तथा पाथीभरा माताका रूपमा परिचित पुस्ता देवी तामाङको अध्यक्षतामा भएको कार्यक्रममा दलका केन्द्रीय अध्यक्ष विनय यादव प्रमुख अतिथि र सन्त मेघानन्द गिरी जी महाराज विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सनातन संस्कृति, हिन्दू नारीहरूको योगदान तथा तीज पर्वको सामाजिक र धार्मिक महत्वबारे विचार व्यक्त गरे। केन्द्रीय नेता तोयानाथ दाहाल, राकेश यादव र वरिष्ठ पत्रकार युगनाथ शर्मा पौडेल लगायतका वक्ताहरूले तीजले आपसी सद्भाव, एकता र महिला सशक्तीकरणमा पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए।

कार्यक्रममा महिला विभागका प्रतिनिधि, धार्मिक व्यक्तित्व तथा विभिन्न तहका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ