सेनाको बलमा बनेको सरकारबाट अधिकारको अपेक्षा दिवास्वप्न : राउत

समाचार

 
 

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले अधिकार प्राप्ति तथा प्राप्त उपलब्धिको संरक्षणका लागि नौदलीय अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्।

जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय बृहत् भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले मोर्चालाई दीर्घकालीन र प्रभावकारी बनाउन आबद्ध सबै दलका नेताले इमानदारी, आपसी विश्वास र साझा उद्देश्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

राउतले वर्तमान सरकारको आलोचना गर्दै विदेश पलायन रोक्ने र प्रवासी नेपालीलाई स्वदेश फर्काउने प्रतिबद्धता गरे पनि दुई तिहाइको समर्थनपछि झन् बढी नेपाली विदेशिन बाध्य भएको आरोप लगाए। सरकार पूर्ण रूपमा असफल भइसकेको दाबी गर्दै उनले अब देशलाई वैकल्पिक नेतृत्व दिन अग्रगामी मोर्चा तयार रहेको बताए।

उनले मधेशका अधिकारका लागि लामो समयदेखि संघर्ष गरेका कांग्रेस र एमालेका नेताले समेत अपेक्षित अधिकार सुनिश्चित गर्न नसकेको उल्लेख गर्दै सेनाको बलमा बनेको सरकारबाट मधेशी जनताले अधिकार पाउने आशा गर्नु दिवास्वप्न मात्र हुने टिप्पणी गरे।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ