काठमाडौं । देश र मधेशका लागि विचारसहितको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले ‘हुंकार मधेश’ अभियान घोषणा गरिने भएको छ।
अभियानमार्फत शक्तिशाली राजनीतिक संगठनको जग निर्माण गर्नुका साथै सक्षम र योग्य युवा नेतृत्व तयार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार अभियानको घोषणा सभा असोज ९ गते शुक्रबार दिउँसो १ बजे काठमाडौंको थापागाउँ, नयाँ बानेश्वरस्थित काठमाडौं ब्यांकेटमा आयोजना हुनेछ।
देश तथा मधेशमा विद्यमान राजनीतिक अवस्थाको विकल्पका रूपमा नयाँ राजनीतिक सोच र नेतृत्व निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ।
‘हुंकार मधेश’ अभियानले ‘ढुक्क हुनुस्, देश हामी नै बनाउँछौँ’ भन्ने नारासहित आफ्नो राजनीतिक अभियान अघि बढाउने जनाएको छ।
घोषणा सभामा अभियानको उद्देश्य, आगामी कार्यक्रम तथा संगठन निर्माणको योजनाबारे जानकारी गराइने बताइएको छ।
तपाईको प्रतिक्रिया