भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डरसहित राहत वितरण

समाचार

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले नुवाकोटको विदुरमा रहेका भोटेकोशी बाढीपीडित परिवारलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ।

मोर्चाका केन्द्रीय अध्यक्ष लालबाबु मन्सुरीका अनुसार मोर्चाका नेता तथा रौतहटको गुजरा नगरपालिका–५ का वडाध्यक्ष शेख जमालुदिनको नेतृत्वमा सयौं बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो।

राहत वितरणमा मुस्लिम अगुवा तथा समाजसेवी फारूक सेठ र शेख इर्शादले समेत सहयोग गरेका थिए।

यसअघि आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले रौतहट–३ मा ग्यास चुल्हो र सिलिन्डर वितरण अभियान सुरु गरेका थिए। सोही अभियानबाट प्रभावित भएर बाढीपीडितको मागअनुसार मोर्चाले विदुरमा राहत सामग्री वितरण गरेको मन्सुरीले बताए।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ